नवौँ राष्ट्रिय खेलकुद : साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

कास्की- गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ ।

प्रतियोगितामा जसअन्तर्गत नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, बागमती र गण्डकीले एक–एक स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । रजत पदकतर्फ आर्मीले चार, एपिएफले तीन र बागमतीले एक पदक जितेको छ । कांस्य पदकमा एपिएफले चार, आर्मीले तीन र गण्डकीले एक पदक जित्न सफल भएको छ ।

विधागततर्फ नेपाल आर्मीले महिला÷पुरुष डाउन हिलमा दुई, इन्डिभिज्युअल टाइम ट्रायलमा एक र रोड रेस मास स्टार्टमा एक स्वर्ण पदक जितेको छ । एपिएफले क्रस कन्ट्रीमा एक र इन्डिभिज्युअल टाइम ट्रायलमा एक गरी दुई स्वर्णपदक जितेको छ । बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक÷एक स्वर्ण जितेका हो । साइक्लिङको सबै विधा सकिएको छ । साइक्लिङमा चार विधामा पुरुष र महिला गरी आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.