एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा किने ट्विटर

विश्वकै धनी व्यक्ति एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा सामाजिक सञ्जाल कम्पनी ट्वीटर खरिद गर्ने कार्य पुरा गरेका छन् । यो सँगै उनले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल सहित अन्य उच्च पदाधिकारीलाई जागिरबाट हटाएका छन् ।

ट्वीटर किन्ने सहमति गरे पछि नकिन्ने घोषणा गरेका मस्क विरुद्ध कम्पनीले अदालतमा मुद्दा हाल्ने तयारी गरेपछि मस्क ट्विटर खरिद गर्न बाध्य भएका हुन् । ट्वीटरले स्वतन्त्रपूर्वक बोल्न चाहने व्यक्तिको आवाजलाई दबाएको आरोप अमेरिकी सर्वसाधारण तथा मस्कले समेत लगाउँदै आएका छन् ।

ट्वीटर किनेपछि मस्कले “चरा स्वतन्त्र भएको” ट्वीट गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.