रोहित पौडेलको कप्तानीमा नयाँ राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिममा कप्तानीको जिम्मेबारी रोहित पौडेलले सम्हाल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेबारी दिंदै नेपाली राष्ट्रिय राष्ट्रिय टिमको घोषणा गरेको छ ।

नेपालले यही कार्तिक २८ गतेदेखि मंसीर २ गतेसम्म युएईसँग एक दिवसीय सिरिज खेल्ने तालिका रहेको छ । रोहितको कप्तानीमा सोह्र सदस्यीय राष्ट्रिय टिममा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल भुर्तेल लगायत अनुभवी खेलाडीहरुलाई समेटिएको छ ।

सन्दिप लामिछाने निलम्बित भएपछि नयाँ कप्तानको रुपमा क्यानले रोहित पौडेललाई अघि सारेको हो । नेपालले युएईसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीन एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

पहिलो खेल कार्तिक २८ गते, दोस्रो खेल कार्तिक ३० गते र अन्तिम तथा तेस्रो खेल मंसीर २ गते खेलिने तालिका रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.