काठमाडौं १ मा एमालेलाई राप्रपा नेपालको समर्थन

काठमाडौं– राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।

राप्रपा नेपालले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको हो । काठमाडौं १ मा प्रतिनिधि सभामा नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् । प्रदेश सभातर्फ १ मा रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाल छन् ।

राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेले आफ्नो पार्टीका प्रतिनिधि सभा उम्मेदवार शान्ति केसी तथा प्रदेशसभातर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सविना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय बनाएको जानकारी दिए ।

यसैबीच काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार किरण पौडेलले आफूले कुनै उम्मेदवारलाई समर्थन नगर्ने प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.