फिफा विश्वकप फुटबल २०२२ सुरु, कतार इक्वेडरसँग २-० गोल अन्तरले पराजित

दोहा- खाडी मुलुक कतारमा विश्व फुटबलको महासंग्राम फिफा विश्वकप फुटबल २०२२ सुरुभएको छ ।

६० हजार दर्शक क्षमताको अल बायत रगंशालामा हिजो भव्य उद्घाटन समारोहबीच विश्वकप शुरु भएको हो । हिजो नै भएको उद्घाटन खेलमा आयोजक कतार इक्वेडरसँग २-० गोल अन्तरले पराजित भयो ।

विश्वकपको इतिहासमा कुनैपनि आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको यो नै पहिलो पटक हो । ३२ राष्ट्र विच हुने विभिन्न ६४ खेल कतारको ८ वटा रंगशालामा हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.