रसुवामा कांग्रेसका आचार्य अगाडि

रसुवा- रसुवाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको छ । बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार कूल पाँच हजार सात सय २२ मत गणना हुदाँ कांग्रेसका मोहन आचार्यले तीन हजार तीन सय ५० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले दुई हजार एक सय ४० मत ल्याउनुभएको छ । गणनाभएकामध्ये एक सय ५१ मत बदर भएका छन् ।

यस्तै प्रदेशसभा ‘क’ मा दुई हजार ५७ मतगणना भएकामा कांग्रेसका प्रभात लामाले एक हजार ३३ मतप्राप्त गर्नुभएको छ भने एमालेका कूलप्रसाद भट्टले नौ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतबार भएको मतदानको गणना सोमबारबाट रातिबाट मात्रै सुरु गरिएको थियो । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ तीन स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । त्यहाँ ७३ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.