नेकपा (एकीकृत समाजवादी) का उम्मेद्वार प्रेमबहादुर आले निर्वाचित

डोटी- डोटीमा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य प्रेमबहादुर आले निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार गौरी कुमारी ओलीलाई ४ हजार २०६ मतान्तरले पछि पार्दै आले निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार आलेले २७,२१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गौरी कुमारी ओलीले २३,००४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै क्रस खुकुरी चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ६,६८९ मत, राप्रपाका अङ्क बहादुर खड्काले ८०२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र माछा चुनाव चिन्ह पाएका अर्का स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत प्राप्त गर्नुभएको छ ।

कूल १ लाख २४ हजार ८७० मतदाता रहेको डोटीमा ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये ५८,५८३ मत सदर भएको छ भने ४,९६९ मत बदर भएको छ ।

पूर्व वन मन्त्रालय र पर्यटन मन्त्रालय सम्हालिसकेका आले यस भन्दा पहिले २०७४ सालमा पनि नेकपा एमालेबाट नेपाली काङ्ग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी हुनुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.