एलन मस्कले ट्वीटरको सीईओ छाड्ने

एलन मस्कले ट्वीटर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद छोड्ने बताएका छन् ।

ट्वीट गर्दै मस्कले सो पदकालागि उपयुक्त पात्र फेला पारेपछि आफुले छोड्ने बताएका हुन् । दुई दिन अघी उनले ट्वीटरका प्रयोगकर्तामाझ सो पद छोड्ने वा बस्ने भन्ने बारेमा प्रश्न गर्दै सर्वेक्षण गरेका थिए । त्यस बखत १ करोड ७५ लाख मत मध्ये करिब ५८ प्रतिशतले मस्कलाई प्रमुख कार्यकारी अधिकृतको पद छोड्न सुझाव दिएका थिए ।

ट्वीटर कम्पनी खरिद गरेपछि मस्कले कम्पनीका आधी भन्दा बढी कर्मचारीलाई निकाल्नुकासाथै ट्वीटरमा देखिने निलो चराकालागि पैसा लाग्ने निर्णय गरेका थिए । साथै शुक्रवार मात्र ट्वीटरमा जोडिएका केही पत्रकारलाई हटाएको भन्दै संयुक्त राष्ट्र संघ र युरोपियन युनियनले मस्कको आलोचना गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.