एमाले सांसद सूर्य थापालाई अध्यक्ष ‌ओलीको सम्मान

काठमाडौं– प्युठानका नवनिर्वाचित एमाले सांसद सूर्य थापालाई काठमाडौंमा शनिबार सम्मान गरिएको छ ।

एमाले प्युठान काठमाडौं-सम्पर्क मञ्चले थापासहित प्रदेश सभा (१) सदस्य तुलसीराम शर्मालाई सम्मान गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य थापा र प्रदेश सभा सदस्य शर्मालाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा निर्वाचन अभियानमा खटिएका नेता कार्यकर्ता, समर्थक, शुभेच्छुक र मतदातालाई धन्यवाद दिइएको थियो ।

मंसिर ४ गते भएको निर्वाचनमा एमाले पोलिटब्युरो सदस्य थापाले निकटतम् प्रतिद्वन्द्वी जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २ सय ७४को अन्तरले पराजित गर्नुभएको थियो ।

थापाले ४१ हजार १ सय १८ मत ल्याउँदा पौडेलले ३५ हजार ८ सय ४४ मत पाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.