उपमहासचिव पुन अस्पताल भर्ना

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ ।

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पुग्नुभएको थियो ।

रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकप्टरबाट अस्पताल ल्याइएको उहाँको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचार गराउनुभएको थियो । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.