साउदीमा भएको मैत्रीपूर्ण खेलमा रियादलाई हराउँदै पीएसजी बिजयी

विश्व विजेता कप्तान लियोनल मेस्सी र पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धामा मेस्सी बिजयी भएका छन् ।

गएराती साउदी अरबमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन पीएसजीबीचको मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोली पीएसजीले रियादलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।

दश खेलाडीमा सीमित रहेको पीएसजीका लागि लियोनल मेस्सी, किलियन एम्बाप्पे, सर्जियो रामोस, मार्किन्हस र ह्युगो एकिटिकेले १-१ गोल गर्दा फ्रान्सेली फरवार्ड नेइमार भने पेनाल्टीमा गोल गर्नबाट भने चुकेका थिए ।

यता रियादका कप्तान क्रिष्टियानो रोनाल्डोले व्यक्तिगत दुई गोल गर्दा पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । पहिलो हाफको इन्जुरी समयमा नेइमार पेनाल्टीमा चुक्दा रोनाल्डोले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

खेलको सुरुवातदेखि नै बल पकडमा कब्जा जमाएको पीएसजीले तेस्रो मिनेटमै मेस्सीको अग्रता लिएको थियो । मेस्सीले नेइमारले दिएको पासलाई गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको इन्जुरी समयको अन्त्यमा रियादका एन्डरसन तालिस्काले गोल फर्काएपनि जीत भने पीएसजीकै पक्षमा गयो । खेलको उद्‍घाटन समारोहमा भारतीय चर्चित अभिनेता अमिताभ बच्चनले सबै खेलाडीहरुलाई स्वागत गरेका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.