नाकबाट लिन मिल्ने कोभिड विरुद्धको खोप इन्कोभ्याक स्वीकृत

भारतले नाकबाट लिन सकिने कोभिड विरुद्धको खोप स्वीकृत गरेको छ । भारत बायोटेकले निर्माण गरेको इन्कोभ्याक ड्रपको रूपमा रहेको छ । बेलायत र अमेरिकाका अनुसन्धान टोलीहरूले नाकबाट लिने स्प्रे खोपको विषयमा अनुसन्धान गरिरहेका छन् ।

गत नोभेम्बरमा भारतको औषधि नियामक निकायले इन्कोभ्याकलाई हेटेरोलोगस बुस्टर डोजको रूपमा प्रयोग गर्न अनुमोदन गरेको थियो ।

भारतले निर्माण गरेको कोभिड विरुद्धको दुईवटा खोपहरु कोभिसिल्ड वा कोभ्याक्सिन लगाएकाहरुले आपतकालीन अवस्थामा लगाउन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

गत डिसेम्बरमा इन्कोभ्याक ड्रपलाई भारतको औषधि नियामक निकायले प्राथमिक खोपको रूपमा र वयस्कहरूमा अर्को बुस्टर सटको रूपमा अनुमोदन गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.