नेता श्रेष्ठद्वारा चितवन-२ बाट आफूलाई स्वतः निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन

काठमाडौं- नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नं. २ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

श्रेष्ठले हिजो निर्वाचन आयोग पुगेर निवेदन दिनुभएको हो । चितवन-२ बाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएका श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजय हुनुभएको थियो ।

सभापति लामिछानेले केहि समयअघि नागरिकता विवादमा पद गुमाउनु भएको थियो । निवेदन दर्ता गरेसँगै श्रेष्ठले पत्रकार सम्मेलनमार्फत लामिछानेले स्वघोषणा गरी आफु नेपाली नागरिक भएको भ्रममा निर्वाचन आयोगलाई पारेको बताउनुभयो ।

गलत स्वघोषणा गरेको अवस्थामा लामिछानेको यो कार्यलाई कानुनी दायरभित्र ल्याउनुपर्ने दायित्व आयोगको रहेको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले भने पद रिक्त भएको अवस्थामा उपनिर्वाचनबाट नै पदपुर्ति गर्ने कानुनी व्यवस्था रहेको बताँउदै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.