टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १७ जनाको मृत्यु, कयौं हताहती भएको अनुमान

दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी हालसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भूकम्पको गएको थोरै समय मात्रै भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ । भूकम्प गएको स्थान सिरियाको सीमा नजिकै रहेको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरूमा भएको थियो ।

साथै सीमा जोडिएका अन्य देशमा पनि भूकम्पको धक्का महसुस भएको विवरणहरू प्राप्त भएका छन् । भूकम्पबाट कैयौँ भवनहरू भत्किएको र ती भवनहरुमा कयौं मानिस फसेको हुनसक्ने बताइएको छ ।

टर्कीका भूगर्वविदहरूले भने भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन् । उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो ।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो । सन् १९९९ मा टर्कीको उत्तर-पश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी १७,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.