तेस्रो लिगलिगे साईकल दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका टमाटालाई

गोरखा- गोरखाको पालुङटारमा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका हिमाल टमाटाले हात पारेका छन् । ‘मेन इलिट’ तर्फको ५३ किलोमिटर निर्धारित दुरी २ घण्टा २४ मिनेट २७ सेकेण्डमा पार गर्दै उनले उपाधी जितेका हुन् । उनले ७५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

उनी यसअघिका दुईवटा प्रतियोगीतामा पनि सहभागी थिए । पहिलो प्रतियोगितामा दोस्रो र दोस्रो प्रतियोगीतामा चौथो बनेका उनी यसपटक भने उपाधी बिजेता बनेका हुन् । कञ्चनपुर बारा घर भएका टमाटा १३औ साफ गेममा स्वर्ण पदक बिजेता समेत हुन् ।

निर्धारित दुरी २ घण्टा २४ मिनेट ४१ सेकेण्डमा पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो बनेका छन् । उनलाई ५० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टसले जनाएको छ ।

प्रतियोगीतामा काठमाण्डौका कुमार तामाङ तेस्रो बने । उनले निर्धारित दुरी २ घण्टा २४ मिनेट ४६ सेकेण्डमा पार गरेका थिए । उनले ३० हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै शसस्त्र प्रहरीका लक्ष्मण मल्ल चौथो र नेपाली सेनाका मान बहादुर थापा मगर पाँचौ भएका छन् । उनीहरुले क्रमश १५ हजार र ७ हजार पाँच सय नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै ‘मेन मास्टर’ तर्फ हर्क लामा पहिलो बने । उनले निर्धारित दुरी २ घण्टा ३२ मिनेट ४ सेकेण्डमा पार गरेका हुन् । पहिलो बनेका लामाले १५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगीतामा बिकास महर्जन दोस्रो बनेका छन् । निर्धारित दुरी २ घण्टा ४९ मिनेट ५५ सेकेण्डमा पार गरेका उनले दश हजार नगद पुरस्कार पाए ।

निर्धारित दुरी २ घण्टा ५२ मिनेट २१ सेकेण्डमा पार गर्दै देव बहादुर वोहरा तेस्रो बने । उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगीताका बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गर्नुभएको हो । प्रतियोगितामा दुई बिदेशी नागरिकसहित कुल ३९ जनाको सहभागीता रहेको थियो ।

लिगलिगकोटबाट सुरु भएको साईकल दौड आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, आँपपिपल अस्पताल, भण्डारथोक, लमजुङ गरमवेशी, ठूलो बगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, लुइँटेल बयाडाँडा हुदै पुनः लिगलिगकोटमा आएर टुङ्गिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.