बजेट अभावकै कारण देशभरका शिक्षकहरुको पदपुर्ति रोकिने स्थिति

काठमाडौं- बजेट अभावका कारण देशभरका शिक्षकहरुको पदपुर्ति रोकिने भएको छ । शिक्षक सेवा आयोगले सञ्चालन गर्ने शिक्षकहरुको सबै परीक्षा सञ्चालन गर्न नै बजेट अभाव भएको जनाएको छ ।

आयोगले फागुनमा खुलाउनुपर्ने प्राथमिक तहको शिक्षकको विज्ञापन अझै खुलाउन सकेको छैन । खुलाएको विज्ञापनको पनि बजेट अभावले समयमा परीक्षा संचालन हुन सकेको छैन ।

चैत्र महिनाको १८ गतेदेखि सुरु हुने भनिएको माध्यमिक तहको पहिलो चरणको परीक्षा पनि बजेट अभाव कै कारण रोकिने अवस्थामा पुगेको छ । समयमा परीक्षा नहुँद सयौ युवाहरु रोजगारीको अवसरबाट बन्चित हुने अवस्था सिर्जना भएको छ ।

आयोगको लागि गत वर्ष करिब १४ करोड बजेट छुट्याइएको भएपनि गत वर्ष र यस वर्ष आयोगले काम धेरै गरेका कारण बजेट अपुग हुँदा तोकिएको समयमा परीक्षा संचालन गर्न नसकिएको भनाइ आयोगको छ ।

परीक्षा संचालन हुने समय पर पर सर्दै जाँदा उमेर हदका कारण कतिपयले परीक्षा दिन नपाउने अवस्थाको ब्यवस्थापन गर्न आयोग असफल देखिएको छ । बजेटको लागि पहल गरेको तर अर्थ मन्त्रालयले बजेट नदिएको भनाइ शिक्षा आयोगको छ ।

बजेट नदिएमा बैशाख ७ गते हुने निम्न माध्यमिक तहको परीक्षा र प्राथमिक तहका परीक्षाको तयारी समेत रोकिने आयोगले जनाएको छ । समयमै परीक्षा नहुने हो भने धेरैले उमेर हदकै कारण रोगजारीबाट बञ्चित हुनेपर्ने अवस्था आउँने तर्फ सरकार गम्भिर हुनु पर्ने भनाइ आयोगको छ ।

त्यसो नभए शिक्षक अभावका कारण शिक्षाको गुणस्तर समेत खस्किने आयोगले सरकारलाइ जानकारी गराइसकेको छ । यसवर्ष पदपुर्ति गर्नुपर्ने पदहरुमा ३ सय ७० जना पदपुर्ति गर्नै बाँकी छन् ।

दरखास्त दिने धेरै भएपनि धेरै उत्तिर्ण समेत नभएका कारण पदपुर्ति हुन बाँकी रहेको हो । त्यसमध्ये पनि सबैभन्दा बढी १ सय ५१ जना गणित कोटा खाली भएको छ । विज्ञानमा १ सय ७ कोटा खालि रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.