भारतको उडिसामा भयानक रेल दूर्घटनाः २३० बढीको मृत्यु,  ९ सय बढी घाइते 

भारतको उडिसा राज्यमा धेरै वटा रेल आपसमा ठोक्कएर भएको दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ । घटनामा ९ सय जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् ।

दुर्घटना भएको बालास्वर जिल्लामा घाइतेहरुको उद्दारका लागि २ सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको उडिसाका मुख्य सचिव प्रदीप जिनाले जानकारी दिनुभएको छ । शुक्रबार मध्यराति एउटा यात्रुवाहक रेल लिकबाट अर्को ट्रयाकमा खसेको र अन्य रेलहरु आएर आपसमा ठोक्किएपछि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

भारतमा भएको यो दुर्घटना शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो । घटना स्थलमा उद्दारको कार्य चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । केही भारतीय संचार माध्यमहरुले भने मृतकको संख्या २ सय ३३ पुगिसकेको बताएका छन् ।

भारतीय रेलवेका अनुसार दुर्घटनामा कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस नामक दुई रेलवे सेवाहरु संलग्न रहेका छन् । ठूलो र भयानक दुर्घटना भएकाले घटना स्थलमा १ सय बढी चिकित्सकहरु परिचालन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू दुःखी भएको बताउँदै शोक सन्तप्त परिवारसँग आफ्नो समवेदना रहेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.