विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने: प्रधानमन्त्री

न्यूयोर्क- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताउनु भएको छ ।

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आउनु भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा यस्तो बताउनु भएको हो ।

उहाँले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो । उहाँले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहाल आजै न्यूयोर्क आउनु भएको हो । उहाँलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले स्वागत गर्नु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता गर्नु भएको छ ।

महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.