प्रशिद्ध धार्मीक स्थल गंगा जमुनामा एकादशी मेला हेर्न आउनेको भीड

धादिङ- उत्तरी धादिङको प्रशिद् धार्मीक स्थल गंगा जमुनामा हरिबोधनी एकादशीको दिन लाग्ने एकादशी मेला भब्य रुपमा लागेको छ । धादिङबासीको आस्थाको देवताको रुपमा मानिले गंगा जमुनामा बुधबारदेखि नै शुरु भएको मेला आज दिनभरी लागी शुक्रबार भोली विहान सम्पन्न हुने छ ।

गंगा जमुनामा रहेको झरनाबाट झरेको पानीले नुहाएर पुजा पठा गरेको खण्डमा आफ्नो मनोकामना पुरा हुने र रोग नलाग्ने धार्मीक मान्यता रहेको छ । धार्मीक रुपमा आफुले मागेको मनोकामना पुरा हुने भएकाले देका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन आउने गर्दछन् ।
जुम्ल्याहा झरनाको रुपमा पनी मान्दै आएको सो स्थानमा त्यस क्षेत्रमा खेती पाती गर्ने समयमा निकै लामो खडेरी गयो भने
पनी त्यहाँका स्थानीय किसानहरुले पुजा पाठ गरी पानी मागे पछी वर्षा हुने विश्वास रहेको स्थानीयको भनाइ छ ।

एकादशी भएकाले आज कै दिनमा लामा तथा झाँक्रीहरुबाट विशेष पुजापाठ गर्ने तथा तथा झाँक्री विद्या सिक्नकालागि पनि भीड लाग्ने गर्दछ । सो क्षेत्रलाई जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागी पछिल्लो समय केन्द्र तथा प्रदेश सरकारले पनी विभिन्न प्रयासहरु गरिरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.