कांग्रेस नेतृत्वको सरकार आवश्यकः डा. शेखर कोइराला

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकका अवस्था र अर्थतन्त्र सुधारका लागि नेपाली कांग्रेसको नेतृत्वका सरकार बन्नुपर्ने बताउनु भएको छ ।
विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै डा. कोइरालाले मुलुकको अवस्था अत्यन्त गम्भिर बन्दै गएको र जनतामा वितृष्णा बढेकोले यसलाई समाधान गर्न नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने बताउनुभएको हो ।
उहाँले संसदीय दलका नेता शेरबहादुर देउबा हुनुभएकोले उहाँले नै सरकारको नेतृत्व गर्नुपर्ने बताउदै मुलुकको अवस्था सुधार्न ढिलो गर्न नहुने बताउनुभयो ।
एक प्रश्नको जवाफमा नेता कोइरालाले जनतामा आशा, भरोसा र विश्वास कायम गराउन नेतृत्व परिवर्तन आवश्यक रहेको पनि बताउनु भयो ।
फरक प्रसंगमा नेता कोइरालाले निर्वाचन हारेको र समानुपातिकमा नाम भएका नेतालाई राष्ट्रिय सभामा नलैजान आग्रह गर्नुभयो ।
नेता कोइरालाले कोशी प्रदेशमा देखिएको नामाकरणको विवादलाई छलफल र संवादबाट हल गर्न सकिने भएकाले अराजकता प्रदर्शन नगर्न पहिचानवादीहरुलाई आग्रह गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्