डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद समाधानका लागि आयोग गठन गर्न महासंघको माग

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका उद्योगले बक्यौता भुक्तानी सम्बन्धि विवाद समाधानका लागि उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

महसंघले सोमवार एक विज्ञप्ति जारी गर्दै समस्या समाधानका लागि आयोग गठन गर्न र विद्युत लाइन काटिएका उद्योगको लाइन जोडन र अन्य उद्योगको पनि लाइन नकाटन  माग गरेको हो ।

‘सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकार रहेको र समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा यस बिषयलाई टुंगोमा पुर्याउन एक उच्चस्तरिय अधिकारसम्पन्न आयोग स्थापना गनुपर्ने महासंघको माग छ । निजी क्षेत्रका प्रतिनिधि पनि रहने उक्त आयोगले विगतमा भएका अध्ययन, अहिलेको अवस्था, टिओडि मिटर आदिको अध्ययन गरि निष्पक्ष राय दिनेछ । यस बिषयमा अन्तिम टुंगो नलागेसम्म विद्युत लाइन काटिएका उद्योगको लाइन जोडन र अन्य उद्योगको लाइन नकाटन महासंघ विद्युत प्राधिकरण र अन्य सरोकारवाला निकायहरु समक्ष आग्रह गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

यो बिषय तत्काल सम्बोधन नभए धरै उद्योग वन्द हुनुका साथै रोजगारी र राजश्वमा समेत असर पर्ने भन्दै महासंघले विद्यमान आर्थिक मन्दीका समयमा निजी क्षेत्रका मुद्यालाई गम्भीरतापूर्वक लिइ समस्या समाधानमा सरकारले पहल गर्नुपर्ने जोड दिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.