प्रधानाध्यापक हत्याका मुख्य अभियुक्त पक्राउ

बारा- तीन महिनापछि प्रहरीले प्रधानाध्यापक हत्याका मुख्य अभियुक्त पक्राउ गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैयामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षिय सुजित कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनु भएको छ । उनलाई प्रहरीले एक थान पेस्तोल र पाँच थान गोली समेत पक्राउ गरेको हो ।

बाराको बिश्रामपुर गाँउपालिका वडा नं. ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको काफ्लेले बताउनुभयो । सिंहको दुवै खुट्टामा गोली लागेको छ ।

गत असोजको दोश्रो हप्ता बाराको सदरमुकाम कलैयामा वडा नम्बर ६ मा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए ।

स्वर्णकार अन्नपूर्ण स्विट्सबाट मिठाई किनेर मोटरसाइकलमा बिद्यालय फर्किरहेका बेला अज्ञात समुहले छाती, टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार मध्येका मुख्य सुटर सिह रहेको प्रहरीले यस अघिनै पत्रकार सम्मेलन गरी जनाएको छ ।

खुट्टामा गोली लागेका सिहलाई कलैया अस्पतालमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ । सार्पसुटरका नामबाट परिचित सिंह यसअघिका बाराका दुई घटनाका समेत सुटर रहेको प्रहरीले जनाएको छ । घटनाको छानविन भईरहेको र विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.