लाखौं भक्तजन सन्तानको माग गर्दै पुगे दुप्चेश्वर (फोटो फिचर)

नुवाकोट- दोश्रो पशुपतिनाथको उपनामले प्रसिद्ध नुवाकोटको दुप्चेश्वरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेलामा लाखौं सर्वसाधारणले दुधको धारा चढाएका छन् ।

निःसन्तानलाई सन्तान दिने जनविश्वासले प्रसिद्धि कमाएको चर्चित र मुख्य धार्मिक पर्यटकीय स्थल दुप्चेश्वरमा यस वर्ष लागेको मेलामा लाखौं भक्तजनहरुले सहभागिता जनाएका हुन् ।

दुप्चेश्वरमा यस वर्ष साताव्यापी लागेको मेलाका अवसरमा एक लाख भन्दा बढिले मेला भरेका छन् । मेलामा उत्साहपुर्वक रुपमा सर्वसाधारणले दुप्चेश्वर पुगेर पुजापाठसमेत गरेको निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

साताव्यापी रुपमा लागेको मेलामा हजारौ निःसन्तान दम्पत्तिले सन्तान प्राप्तिको माग गरेका छन् । मेलामा देश तथा विदेशबाटसमेत तीर्थालुहरुको सहभागिता रहेको थियो ।

सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउंपालिका वडा नं. ६ अर्थात् साविकको राउतबेशी गाविस वडा नं. ८ मा रहेको दुप्चेश्वरमा यस बर्षको मुख्य मेला मंगलबार दुप्चेश्वरलाई गाईको दुधका धारा चढाउँदै सम्पन्न भएको छ ।

यस वर्ष मेलामा भक्तजनहरुको संख्या गत वर्षको भन्दा ५० प्रतिशत वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ । मेलामा दुई सातासम्म गरि एकलाख १० हजार जनाले सहभागिता जनाएको दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिनुभयो ।

विशेषगरी सन्तान नभएका दम्पत्तिहरु सन्तान हुने विश्वासमा पुजा आराधना गर्न पुग्छन् भने कतिपय सन्तान भए पनि दर्शन गराउन बालबालिकासहित पुग्छन् । बोली नफुरेका वालवालिकालाई दुप्चेश्वरमा दर्शन गराएमा बोली फुर्ने र दाम्लो चढाएमा नब्याएका गाईले वाच्छावाच्छी पाउने जनविस्वास रहेको छ ।

यस बर्ष दुप्चेश्वर मेला भर्न नुवाकोटका साथै सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुरलगायतका जिल्लाबाट भक्तजनहरु आएका थिए ।

दुप्चेश्वरलाई दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पूँजिदै आएको छ । भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.