मधेश सरकारबाट बाहिरियो जनमत पार्टी

काठमाडौँ-  जनमत पार्टी मधेश सरकारबाट बाहिरिको छ । साथै जनमत  पार्टीले मधेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।

पार्टीका तर्फबाट मन्त्री बन्नु भएका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनामा पत्र बुझाउनु भएको छ।

जनमतको संसदीय दलको बैठकले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

पछिल्ला केही महिना यता मधेश सरकारको नेतृत्व गरिरहेको जनता समाजबादी पार्टी जसपा र सिके राउत नेतृत्वको जनमत पार्टी बीच अन्तद्वन्द्व चुलिदो आएको छ । यसको असर प्रदेश सरकारमा परेको हो ।

हिजो मात्र सप्तरीको राजविराजामा कृषि विद्यालय शिलन्यास गर्ने क्रममा झडपको अवस्था समेत बनेको थियो । झडपमा जनमत पार्टी नेता एवम् प्रदेशका शिक्षा मन्त्री यादव सहित ६ जना घाइते भएका थिए ।

जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री सरोज यादवलाई जनमत बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुको स्पष्ट बहुमत छ ।

मुख्यमन्त्री यादवलाई सत्ता गठबन्धमा रहेका कांग्रेसका २२, जसपाका १८, माओवादीका ८, लोसपाका ९ र एकीकृत समाजवादीको ७ गरी ६४ सांसदको समर्थन छ । यस्तै सरकार बाहिर रहेको एमालेका २४ सांसदको पनि यादवलाई समर्थन दिएको छ । प्रदेश सभामा जनमतका १३ जनाको मात्र समर्थन छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.