राष्ट्रपती रनिङ्ग सिल्डको उपाधि साँफेबगर नगरपालिकालाई

अछाम- अछामको मंगलसेन नगरपालिकास्थित वृहत खेलमैदानमा सम्पन्न १४औं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधि हात पार्दै साँफेबगर नगरपालिका प्रथम भएको छ ।
साँफेबगर नगरपालिकाले ५ स्वर्ण ७ रजत र ४ कास्य गरी १६ अंक प्राप्त गरेको छ । प्रतियोगीतामा दोस्रो पञ्चदेवल विनायक नगरपालिकाले ५ सोर्ण २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त गरेको छ ।
तस्रो स्थान हासिल गरेको मेल्लेख गाँउपालिकाले ४ स्वर्ण २ रजत र १ कास्य गरी ७ अंक प्राप्त गरेको छ । चौथो भएको चौरपाटी गाउपालिकाले ४ स्वर्ण २ रजत गरी ६ अंक प्राप्त गरेको छ ।
मंगलसेन नगरपालिकाले ३ स्वर्ण ३ रजत र ७ कास्य गरी १३ अंक प्राप्त गरेको छ । कमलबजार नगरपालिकाले २ स्वर्ण २ रजत र ४ कास्य गरी ८ अंक प्राप्त गरेको छ ।
रामारोशन गाउपालिकाले १ स्वर्ण ६ रजत र २ कास्य ९ अंक, बान्निगढी जयगढ गाउपालिकाले १ स्वर्ण २ रजत गरी ३ अंक, तुर्माखाद गाउपालिकाले १ स्वर्ण २ रजत र २ कास्य गरी ५ अंक, यसैगरी जिल्लाको ढकारी गाउपालिका भने स्वर्ण बिहीन भएको छ । उस्ले २ कास्य प्राप्त गरेको छ ।
१४औं जिल्ला राष्ट्रपती रनिङ्ख सिल्ड यहि माघ ६ गतेबाट सुरु भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले खेल शांन्तिपुर्ण ढंगबाट समपन्न भएकोले खुसी व्यक्त गदै खेलाडीहरुलाई प्रर्देश र राष्ट्रय स्तरको खेलमा उत्कृषट प्रद्धर्शन गरी अछामको पहिचान दिन आग्रह गर्नुभयो ।
प्रतियोगीतामा अछाम स्थित १० वटै स्थानिय तहका खेलाडीहरुको उत्साहाजनक सहभागीता रहेको थियो । प्रतियोगीताको समापन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष केशर बहादुर खड्काले गनुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्