एनएसजेएफ स्पोर्ट्स अवार्ड आज

काठमाडौँ- एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २० औँ संस्करणको विजेताको घोषणा आज हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेर अवार्ड विजेताको घोषणा गर्न लागेको हो ।

यस वर्ष उत्कृष्ट वर्ष खेलाडी पुरुषमा क्रिकेटका आशिफ शेख र रोहित कुमार पौडल तथा एथलेटिक्सका दीपक अधिकारी परेका छन् ।वर्ष उत्कृष्ट महिला खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाई परेका छन् ।

युवा खेलाडीको शीर्ष तीनको मनोनयनमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ परेका छन् । वर्ष प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा मनोनयनमा छन् ।

अवार्डको मुख्य विधाको रुपमा रहेको पिपल्स च्वाईसमा फुटबलका अनन्त तामाङ, कराँतेका विप्लपलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल र शारीरिक सुगठनकी रजनी श्रेष्ठ प्रतिस्पर्धामा छिन् ।

बर्ष पुरुष, बर्ष महिला, बर्ष प्रशिक्षक, बर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले बजाज पल्सरको मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.