क्यानडाविरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गर्दै

काठमाडौँ- क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डङ गर्ने निर्णय लिएपछि क्यानडाले अहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उक्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, र ललितनारायण राजवंशी छन् ।

क्यानडाको प्लेइङ ११ मा कप्तान साद बिन जाफरसहित आरोन जोन्सन, नवानित धलिवल, निकोलस कीर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, दिलप्रित बज्वा, श्रेयास मोभा, ईश्वरजोत सोहि, पर्गत सिंह र उदय भगवान सिंह छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.