हेटौंडा उपमहानगरपालिकामा गुनासो दर्ता कार्यालय धाउनु नपर्ने

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाले गर्दै आएको काम कारवाहिको बिषयमा अनलाईन तथा फोन मार्फत गुनासो दर्ता गर्ने स्वचालित प्रणालि सञ्चालनमा ल्याएको छ ।

नगरवासीहरुलाई सेवा प्रवाह, स्थानिय विकास लगाएत अन्य बिषयहरुमा परेको समस्याको बारे गुनासो गर्न कार्यालय सम्म धाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै उपमहानगरले अनलाईन र फोन मार्फत गुनासो सुनुवाईको व्यवस्था मिलाएको हो । गुनासो दर्ताका लागि उपमहानगरपालिकाले सफ्टवयर सञ्चालमा ल्याउँदै घरमै बसेर फोन मार्फत वा इन्टरनेट सेवाको मध्यमबाट गुनासाहरु टिपाउन सक्ने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरका अनुसार इन्टरनेट सेवा मार्फत कार्यालय बाहेकको समयमा पनि gunaso.hetaudamun.gov.np. ( मार्फत लिखित ) र ०५७–५९७००१ फाेन मार्फत मौखिक गुनासाहरु रेकर्ड गराउँन सकिने बताइएको छ । उपमहानगरका अनुसार अहिलेको लागि नेपाल टेलिकमको टेलिफोन वा मोवाईल सेवा मार्फत गुनासोको भ्वाइस रेकर्ड गराउँन सक्ने छन् भने केहि समय भित्रै अन्य सेवा प्रदायकहरुको फोन तथा मोवाईल बाट समेत गुनासो रेकर्ड गराउने सक्ने तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.