पर्यटन प्रवर्द्धनमा सक्रिय हुन प्रवर्द्धकलाई पर्यटनमन्त्रीको आग्रह

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन दिनुभएको छ ।

नवनियुक्त पर्यटन प्रवर्द्धकलाई मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुहुँदै मन्त्री तामाङ्ले पर्यटन प्रवर्द्धनका साथै विदेशबाट बढी भन्दाबढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गर्नुभयो ।

मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति प्रवर्द्धकको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दैै उहाँले देश र जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो । यही फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवर्द्धन गर्न २९ प्रवर्द्धक नियुक्त गरेको थियो ।

प्रवर्द्धकको तर्फबाट बेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले नेपालको सर्वोपरी हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभयो ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यसपटकबाट पर्यटक प्रवर्द्धक नियुक्ति गरेको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०६४ को पर्यटन प्रवर्द्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरीय निर्णय गर्दै पर्यटन प्रवर्द्धक नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.