मुगुमा परीक्षा भइरहेकाे हलकाे तस्वीर खिच्न नपाइने

मुगु- माध्यमिक शिक्षा परीक्षामा मुगुमा १ हजार ७५ जना परीक्षार्थीहरु रीक्षामा सामेल भएका छन् । जसमा ५ सय ३९ जना छात्र तथा ५ सय ३५ जना छात्रि परीक्षामा सामेल भएको शिक्षा बिकास तथा समन्वय इकाई मुगुका सूचना अधिकारी खडक बहादुर भियालले बताउनुभयो ।

परीक्षाकालागि जम्मा ८ वटा परीक्षा केन्द्र रहेका छन् । परीक्षामा ५६ जना परीक्षार्थी प्राविधिक धारका छन् भने ६ जना अघिल्लो वर्षको परीक्षाफलको ग्रेड वृद्धि गर्न परीक्षामा सामेल भएका छन् ।
परीक्षा मर्यादित ढंगले सम्पन्न हुने शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख सुयं बहादुर खत्रिले बताउनुभयाे।

परीक्षाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी टाेपेन्द्र के.सिकाे नेतृत्वमा सरोकारवाला सम्मिलित टोली पनि खटिएको छ ।

परीक्षा भइरहेकाे हलकाे तस्बिर खिच्न नपाइने निर्णय जिल्ला परीक्षा समन्वय समिति मुगुले गरेकाे छ । शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गरी आधिकारिक परिचय पत्र सहित बाहिरी वातावरणको मात्र पर्यवेक्षण गर्न सकिने सुचना अधिकारीले जानकारी दिनुभयाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.