लहरीमा पिकअप ठोकिदा एक जनाको मृत्यु

धनकुटा- धनकुटामा रोकी राखेको लहरीमा पिकअप ठोकिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका चालक सिराहा गोल बजार घर भई धनकुटा नगरपालिका ९ बस्ने ३० बर्षिय निरज ठकुरी रहेका छन्।

ठकुरी लहरीमा ग्यास लोड गदैगर्दा पिकपले ठक्कर दिदा लहरी माथिवाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। सिधुवावाट सब्जी लोड गरेर धरान तर्फ जादै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअप गाडी धनकुटा नगरपालिका ६ स्थित कोल्डस्टोरमा रोकिराखेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको लहरीमा ब्रेक फेल भई ठोकिएको थियो। पिकअपले एक मोटरसाइकल र स्कुटरलाई समेत क्षती पुर्याएको छ।

पिकअप चालक चेत बहादुर बिसुङ्खेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख श्याम सिंह चौधरीले बताउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.