कांग्रेस-एमाले सहकार्यको सम्भावना बढेर गएको छ: कांग्रेस नेता कोइराला

दाङ- नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसले कुनैपनि चुनावमा गठबन्धन नगर्ने बताउनु भएको छ ।

नेपाल प्रेस यूनियन दाङले लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सरकार गठनमा कांग्रेस एमालेसँग सहकार्य हुन सक्ने तर, चुनावमा कसैसँग गठबन्धन नहुने बताउनु भयो ।

कांग्रेसलाई धोका दिएर माओवादीले किन गठबन्धन तोड्यो भन्ने बारेमा अझै स्पष्ट नभएको भनाइ उहाँको छ । पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले कांग्रेस-एमालेको नयाँ सरकार बनोस भन्ने सबैको चाहना भएकाले सोही अनुसार सहकार्यको सम्भावना बढेर गएको बताउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.