एसएमएस फ्रेण्डसिप कपको उपाधि नेपाललाई

काठमाडौँ- भारतमा जारी एसएमएस फ्रेण्डसिप कपको उपाधि नेपालले जितेको छ।
आज भएको अन्तिम खेलमा नेपालले गुजरात क्रिकेट एसोसिएसनलाई १८ रनले पराजित गरेसँगै यो उपाधि हात पारेको हो ।
आजको खेलमा नेपालले दिएको १७७ रनको लक्ष्य पुरा गर्ने क्रममा गुजराजतले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १५८ रन मात्र जोडेको थियो ।
खेलमा नेपाल, गुजरात क्रिकेट एसोसिएसन र बरोडा गरी तीन टिम सहभागी थिए ।।
प्रतिक्रिया राख्नुहोस्