अज्ञात समूहले काटिदिए बोधिचित्तको रूख

काभ्रे – काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागवेलीमा गए राती अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटेका छन् ।

साे समूहले घरको मूल ढोकामा विस्फोटक पदार्थसमेत राखिदिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
गएराती स्थानीय ठागुरानी तामाङको हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आइ काटेर फरार भएका छन् ।


उक्त समूहले तीन घरको आगनमा पाँच ठाँउमा बमजस्तो देखिने वस्तु राखेका छन् । घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली पुगेका छन् ।
उक्त घटनाका शंकास्पद व्यक्तिहरुको पहिचानका लागि खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिनुभयो ।


तामाङले यसअघिका बर्षमा सोही रुखको बुद्धचित्त विभिन्न व्यापारीसँग बैना लिने गरेपछि विवाद हुँदै आएको थियो । गत वर्ष उक्त बुद्धचित्त माला ९० लाखमा बिक्री भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.