आइसीसी बरियतामा दिपेन्द्र सिंह ऐरीको छलाङ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा १४औँ स्थान सुधार गरेका दीपेन्द्र टी २० वरीयतातर्फ एसोसिएटतर्फको अलराउन्डरमा शीर्ष स्थानमा पुगेका हुन् ।

त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् । ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल १००औँ स्थानमा पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.