संविधानको रक्षाकालागि राजनितिक दल एक हुनुपर्छ : सभामुख घिमिरे 

पाल्पा- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संविधानको रक्षा र स्थायित्वको लागि सबै राजनितिक दल एक जुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आज तानसेनको दरबार संग्राहलय परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुख घिमिरेले संवैधानिक रक्षा नै आजको मुल मर्म रहेको बताउनुभयो ।

सातै प्रदेशका सभामुख उपसभामुखको सहभागिता रहेको पाल्पा जिल्लामा आयोजित तीन दिने अन्तर व्यवस्थापिक भेलाको क्रममा पाल्पा पुग्नु भएका सभामुख घिमिरेले कानुन निर्माण र यसलाई कार्यन्वयनमा लैजाने विषय प्रतिनिधि सभाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

संघियता पछि बनेका तीन तहका सरकार बिच असल अभ्यास र अनुभव आदनप्रदान कमै मात्र हुने भएकोले संघियताको मर्म अनुरुप कर्म पनि गर्न प्रदेश र स्थानिय सरकारलाई सभामुख घिमिरे आग्रह समेत गर्नुभयो । संवैधानिक अंगहरुमा आफु मात्र हिरो बन्ने प्रवृत्ति हावी भएको भन्दै एकले अर्कोको अधिकार र कर्तव्य बुझेर मात्र निर्णयमा जानुपर्न अवस्था आएको स्मरण गराउनुभयो ।

एउटा अंगले अर्को अंगको निर्णय उल्टाउने मात्र काम गरेको तर व्यवहारिक पक्षको ध्यान नदिएको गुनासो गर्दै सभामुख घिमिरेले सुझबुझपुर्ण निर्णय लिन सबै संवैधानिक निकाय र अंगलाई निर्देशन समेत दिनुएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.