बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की- बागलुङबाट पोखरा आउँदै गरेको बस शनिवार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।

ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७:३० बजेतिर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.