बझाङमा कांग्रेस उम्मेदवार सिंह १२५ मतले अगाडि

बझाङ- बझाङ क्षेत्र नं. मा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्राप्त परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहले १ सय २५ मतले अग्रता लिइरहनुभएको छ । सिंहले ९ हजार ४६८ मत प्राप्त गर्दा एमाले उम्मेदवार दमन भण्डारीले ९ हजार ३४३ मत ल्याउनुभएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार पाँच सय ८७ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार तीन सय ७३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.