वेस्ट इन्डिजसँग नेपाल ७६ रनले पराजित

काठमाडौँ– वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ।  टी–२० सिरिजको तेस्रो खेलमा २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो।

२२८ रनको चूनौतिपूर्ण लक्ष्य पछ्याएको नेपालका लागि करण केसी र लोकेश बम सर्वाधिक २८–२८ रन ,कुशल मल्ल २०, विनोद भण्डारी १९, अनिल शाह १४, कप्तान दीपेन्द्रसिंह ऐरी ७, गुल्सन झा ६, कमलसिंह ऐरी ६, आरिफ शेखले ३ रन बनाए ।

वेस्ट इन्डिजको जितका लागि जोनसन चार्ल्सले शतकीय पारी खेले ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.