टी–ट्वेन्टी शृङ्खलाको अन्तिम खेल आज नेपाल र वेस्ट इन्डिज ‘ए’ भिड्दै

काठमाडौं- नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ संगको पाँच खेलको टी–ट्वेन्टी शृङ्खलाको अन्तिम खेल आज खेल्दैछ । यो खेल टियु क्रिकेट मैदानमा सबा १२ बजे सुरु हुनेछ ।

पाँच खेलको शृङ्खलामा तीन खेल जितेको वेष्ट इन्डिज ए ले एक खेल अगावै ३ -१ ले उपाधि आफ्नो पक्षमा पारिसकेको छ । टि-२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले त्यसको तयारी स्वरुप घरेलु मैदानमा शृङ्खला खेलेको हो ।

विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ । समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ । विश्वकपमा खेल्नका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.