हुम्लाको डाडाफायाँ स्वास्थ्यचौकीमा खानेपानीको चरम अभाव

हुम्ला- हुम्लाको एक स्वास्थ्यचौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या हुने गरेको छ । जिल्लाको सिमकोट गाउँपालिका–७ स्थित डाडाँफयाँ स्वास्थ्यचौकीमा खानेपानीको चरम अभाव हुँदा बिरामीलाई समस्या हुने गरेको हो ।

स्वास्थ्यचौकीमै खानेपानीको धारो नहुँदा सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीले सास्ती खेप्नुपरेको छ । खानेपानी नहुँदा शौचालय पनि प्रयोगविहिन अवस्थामा रहेको स्वास्थ्यचौकीले जनाएको छ ।

लामो समयदेखि खानेपानी नहुँदा गाउँबाट बोकेर ल्याउन बाध्य भएको डाडाफयाँ स्वास्थ्यचौकीका कार्यालय सहयोगी कालु सिहंले जानकारी दिनुभयो । गाउँको धाराबाट खानेपानी र शौचालय जाने पानी बोकेर ल्याए सरसफाई गर्नुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी सिंहको भनाइ छ ।

स्वास्थ्यचौकीमा आउने बिरामीलाई समेत खानेपानी र सरसफाई गर्न पानीको समस्या रहेको स्वास्थ्यचौकीका प्रमुख सन्तोष बोहराले बताउनुभयो । छ वर्षदेखि खानेपानी अभाव छ । बेलाबेला स्वास्थ्य शाखा र गाउँपालिका जानकारी गराउँदा पनि सुनुवाई नभएको स्वास्थ्यचौकीका प्रमुख बोहराले बताउनुभयो ।

गाउँबाट खानेपानी बोकेर खानुपर्ने हुँदा पानीको पालो समेत पाउन मुस्किल हुने गरेको उहाँले बताउनुभयो । प्रत्येक दिन गाउँकै पानीको भर पर्नुपर्छ हिउँदको समयमा अझै खानेपानी गाउँमा पाउन मुस्किल छ बोहराको भनाई छ । खानेपानी अभावले स्वास्थ्यचौकीको बर्थिङ सेन्टर सञ्चालनमा समेत समस्या हुने गरेको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.