हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नगाभ्न आग्रह

मकवानपुर- हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न नहुनेमा मकवानपुरका आठ राजनीतिक दलले एक मत जनाएका छन् । शनिबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग गरेका छन् ।

भौतिक पूर्वाधार तयार नभएसम्मका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाका रुपमा मात्रै अस्पताललाई प्रयोग गर्ने सहमतिमा भएकोमा हेटौँडा अस्पतालको सम्पूर्ण चल अचल सम्पत्ति र स्वामित्व नै प्रतिष्ठानलाई प्रदान गर्नेगरी प्रदेश सरकार अघि बढेको प्रति दलहरुले आपत्ति जनाएका छन् ।

प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत आरम्भ गरेको प्रक्रियाले राज्यको ठुलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक २ हजार भन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी भइरहेको गतिविधि प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

मकवानपुरका जनताको अमूल्य निधिलाई नामेट पार्नेगरी गम्भीर प्रकृतिको अभ्यासमा प्रदेश सरकार रहेको दलहरुको आरोप छ । यो प्रक्रिया तत्काल नरोकिए सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द नगरे सडक र सदनमा समेत आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नेकपा एमाले बाहेक मकवानपुरका ८ राजनीतिक दलका नेताले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.