मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिको मृत्यु

संखुवासभा- विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली पर्वतारोहीको मृत्यु भएको छ । संखुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० बर्षीय जोनी सालिबा (Jonny Saliba) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

मकालु गाउँपालिका –२ स्थित मकालु हिमाल आरोहण गर्ने क्रममा ८ हजार तीन सय ५० को उचाईमा पुगेको फ्रान्सेली नागरिक जोनी अचानक विरामी परेका थिए । विरामी परेका फ्रान्सेली नागरिक जोनीलाई ८ हजार एक सय २० मिटरमा तल झार्ने क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लामिछानेले बताउनुभयो ।

मकालु हिमालको शिखरतर्फ गइरहेका बेला फ्रान्सेली पर्वतारोहीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि गाइडले तल झार्ने क्रममा मृत्यु भएको नोवी होराइजन टे«क्स एक्स्पिडिसनका प्रबन्धक निर्देशक बोधराज भण्डारीले बताउनुभयो ।

हिमाल आरोहण गर्ने क्रममा अचानक विरामी परेको फ्रान्सेली नागरिक जोनी को ८ हजार एक सय २० मिटर तल झार्ने क्रममा बाटैमा मृत्यु भएको निर्देशक भण्डारीले बताउनुभयो । मृतक पर्वतारोहीको शव निकाल्ने प्रयास भइरहेको समेत उहाँको भनाइ छ ।

फ्रान्सेली पर्वतारोही जोनीको शव हेलिकप्टर मार्फत काठमाण्डौ लग्ने तयारी भइरहेको भण्डारीले बताउनुभयो । उनीसँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल रहेको बताइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दुरीमा पर्दछ ।

त्यस्तैगरी एक साता अघि मकालु हिमाल आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– ४ बस्ने ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको थियो । यातायात र सञ्चार सेवा नभएको कारण भौगोलिक रुपमा निकै विकट मानिन्छ । यस वर्ष नेपालले मकालु हिमाल आरोहण गर्ने विदेशी आरोहीहरूलाई ५९ वटा परमिट जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.