भीरबाट लडेर मृत्यु

 कास्की – कास्कीको सराङकोट स्थित रुखेनी भीरबाट लडेर (खसेर) हिजो एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय मेथलाङ निवासी भीरमा घाँस काट्न पुग्नुभएकी ५५ वर्षिया सरस्वती तिमिल्सीना रहनुभएको छ ।
उहाँ दिउँसो करिब २ बजेतिर सो भीरबाट लड्नुभएको र उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा दिउँसो करिब ४ बजे अस्पतालले मृत घोषणा गरेको वडा सदस्य नमराज सुवेदीले जानकारी दिनुभयो ।
सरस्वती भीरबाट करिब १ सय मिटर खसेर सेदीदेखि मेथलाङ जाने सडक खण्डमा बजारिन पुग्नुभएको थियो ।
उहाँको आज पोखरा स्थित तुल्सीघाटमा अन्तेष्ठी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.