चौँथो हार व्यहोरेको नेपाल उपाधि भिडन्तबाट बाहिरियो

 काठमाडौँ- काठमाडौँमा जारी महिला टी-२०आई शृंखलामा नेपालले लगातार चौँथो हार व्यहोरेको छ ।

नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपाल  थाइल्याण्डसँग पराजित भएको हो ।

आज थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाएको थियो ।

अब नेपालले २ खेल खेल्ने छ जहाँ दुबै खेल जिते पनि उपाधि जित्ने सम्भावना भने हुनेछैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.