दिल्ली विधानसभा निर्वाचन: भाजपालाई बहुमत

२७ वर्षपछि दिल्लीमा भाजपाले सरकार बनाउने निश्चित

काठमाडौँ– भारतको राजधानी दिल्लीमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले बहुमत हासिल गरेको छ । भाजपा अहिले ४८ सिटमा अगाडि छ भने आप २२ सिटमा अगाडि छ ।

दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक हुन्छ । बुधबार भएको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपाले बहुमत सहितको अग्रता लिइरहेको हो । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको दिल्लीमा विगत एक दशकदेखि अरविन्द केजरीवालको आम आदमी पार्टी आपले शासन गरिरहेको छ ।आम आदमी पार्टीका नेता तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल नै भारतिय जनता पार्टीका उम्मेदवार परवेश साहिब सिंहसंग ३ हजार ८ सय ६५ मतले पराजित हुनुभएको छ ।

यसैबीच निर्वाचनको अहिलेसम्मको नतिजालाइ लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित सुरु भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले यो जित विकास र सुशासनको जित भएको बताउनुभयो । यो नतिजासँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने निश्चित प्राय भएको छ ।सत्तरी सदस्यीय विधानसभाका लागि भएको निर्वाचनमा कुल ६० दशमलव ५४ प्रतिशत मतदान भएको थियो । मतगणाना अझै जारी रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.