एकै पटक तीन सय बढी शिक्षकलाई प्रशिक्षण

नुवाकोट- शिक्षा सुधारमा जोड दिँदै नुवाकोटमा एकै पटक ठुलो सङ्ख्यामा शिक्षकहरूलाई व्यवहारिक प्रशिक्षण दिइएको छ ।
विदुर नगरपालिकाको वट्टार वजारमा नुवाकोटका विभिन्न विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरूलाई पेसागत शिक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ ।
आधारभूत र माद्यामिक गरि तीन सय २० जना शिक्षक शिक्षिकाहरूलाई वर्तमान शिक्षा, व्यवहारिकता, शिक्षण प्रभावकारिता, शिक्षा क्षेत्रका विषयवस्तु र सीपमूलक विषयमा केन्द्रित रहेर शिक्षा क्षेत्रका १७ जना विज्ञहरूले प्रशिक्षण दिएको आयोजक देवभूमि कृष्णप्रसाद पनेरु मानव सेवा समाजका संरक्षक विष्णुप्रसाद पनेरुले जानकारी दिनुभयो । कार्यक्रममा गणित, विज्ञानका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा शिक्षा सेवी तथा काठमाडौँ प्यावव्सनका उपाध्यक्ष धन पुनले शिक्षालाई अव रुपान्तरण आवश्यक रहेको र शिक्षक शिक्षिकाहरूले यसका लागि क्रियाशीलता अपनाउनु पर्नेमा जोड दिनुभयो । यसअघि, सो कार्यक्रमको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उहाँले शिक्षा नै मानवको अगाडि बढ्ने माध्यम भएको कारण समयानुकूल यसको सुधार तथा परिवर्तन गरिनुपर्ने बहसको विषय वनेको वताउनुभयो । कार्यक्रम शिक्षा क्षेत्रमा योगदान पु¥याएकाहरुलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्