मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहको तयारी पुरा 

 ३८४१ जना बढी विद्यार्थी दीक्षित हुँदै 

सुर्खेत –  मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको तेस्रो दीक्षान्त समारोहको तयारी पुरा भएको छ ।

विश्वविद्यालयले यहीँ फागुन २३ गते शुक्रवार बिहान ११ बजे सुर्खेतको वीरेन्द्रनगर स्थित केन्द्रीय प्रशासनिक भवन परिसरमा आफ्नो तेस्रो दीक्षान्त समारोहका तयारीहरू पुरा भएको जानकारी दिएको हो ।

दीक्षान्त समारोह प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सह–कुलपति विद्या भट्टराईको उपस्थितिमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरु विश्वविद्यालय दिल्लीका प्रा.डा.महेन्द्र पी.लामाको प्रमुख आतिथ्ययतामा हुन लागेको विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहमा स्नातक तहमा २ हजार १ सय ८९, स्नातकोत्तरमा १ हजार ६ सय ३३ र दर्शनाचार्य तहमा १९ गरी कुल ८ सय ४१ जना विद्यार्थी प्रधानमन्त्री एवं कुलपति ओलीको हातबाट दीक्षित हुन लागेको विश्वविद्यालयका डीन लिला धर तिवारीले जानकारी भयो ।

उहाँले दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट ३ जनालाई उपकुलपति पदक प्रदान गरिने बताउनु भयो ।

उहाँका अनुसार स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी कुल ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन् । विक्रम सम्वत २०६७ सालमा स्थापना भएको विश्वविद्यालयमा हाल ३ हजार ८ सय ४१ जना विद्यार्थी अध्ययनरत रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.