ट्रम्पविरुद्ध ऐक्यबद्धता जनाउँदै अमेरिकी विश्वविद्यालयहरु

अमेरिकाका १ सय भन्दा बढी विश्वविद्यालय र कलेजका अध्यक्षहरुले संयुक्त रुपमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ऐक्यबद्धता जनाएका छन् ।

आज बिहान सार्वजनिक गरिएको विज्ञप्तिमा विश्वविद्यालयका अध्यक्षहरुले सरकारी अतिक्रमण र राजनीतिक हस्तक्षेपविरुद्ध एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले हावर्ड, प्रिन्सटन, ब्राउन लगायतका विश्वविद्यालयहरुले अमेरिका विरोधी भावनालाई मलजल गर्नुकासाथै कम्युनिज्मलाई बढावा दिएको आरोप लगाउँदै आउनुभएको छ ।

साथै विश्वविद्यालयहरुले विद्यार्थी भर्ना तथा कर्मचारी छनोटमा कोटा प्रणाली अन्त्य गरी योग्यता प्रणालीलाई अवलम्बन गर्नुपर्ने धारणापनि राष्ट्रपति ट्रम्पले राख्दै आउनुभएको छ ।

ट्रम्प प्रशासनले २ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सहयोग हरवर्ड विश्वविद्यालयलाई दिन बाट रोक लगाएको छ ।

विश्वविद्यालयहरुले भने सकारात्मक सुधारको पक्षमा आफुहरु रहेको बताउँदै सरकारी हस्तक्षेप अन्त्य हुनुपर्ने उल्लेख गरेका छन् ।

यसैबीच, आफुले पाउनुपर्ने रकम रोक लगाउनु गैरकानूनी र सरकारको कार्यक्षेत्र बाहिर रहेको भन्दै हार्वर्ड विश्वविद्यालयले सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.