गाउँमा वडा कार्यालय भवन निर्माण

नुवाकोट-  रसुवाको उत्तर गया गाउँपालिका ३ को कार्यालय भवन निर्माण गरिएको छ । गाउँपालिका र वडा कार्यालयको लगानिमा आधुनिक पक्की कार्यालय भवन निर्माण गरिएको हो ।
ठुलोगाउंमा नवनिर्मित वडा कार्यालय भवनको उत्तर गया गाउँपालिका अध्यक्ष  माधवप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । उहाँले भवनबाट सेवाग्राहीलाई सेवा दिन र कर्मचारीहरुलाई सेवा प्रदान गर्न सुविधा पुगेको बताउनुभयो ।
 
भुकम्प प्रतिरोधी साँढे दुई तले ११ कोठे उक्त भवनबाट सेवा सुचारु भएको छ भने भवन उद्घाटन  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष  चमेली गुरुङ, प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, उत्तर गया ३ का वडाध्यक्ष  लालबहादुर लामा तामाङ, ४ का वडाध्यक्ष अमर बलुनलगायत कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा सर्वसाधारणको सहभागिता रहेको  थियो । उक्त भवन उत्तर गया गाउँपालिका र ३ नं. वडा कार्यालयको कुल एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.